स्याङ्गजामा नुहाउने क्रममा बाथरुममा एक महिलाको ज्यान गयो
स्याङ्गजामा नुहाउने क्रममा बाथरुममा एक महिलाको ज्यान गएको छ ।
स्याङ्गजाको गल्याङ ३ कि ३२ वर्षीय सुनिता भट्टराईको नुहाउने क्रममा बाथरुममा निसासिएर ज्यान गएको हो ।
भट्टराईको आफ्नै घरको बाथरुममा गिजरको प्रयोग गरी नुहाउने क्रममा निसासिएर ज्यान गएको स्थानीयले बताएका छन्।
बाथरुमबाट लामो समय ननिस्केपछि ढोका फोरेर हेर्दा उनलाई अचेत अवस्थामा भेटाएको आफन्तले जनाएका छन्।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Please dont forget to leave the comment