[Latest News][6]

Akhabar
Article
Education
Health
Job Vacancy
Jyotish
lokasewa
Loksewa
news
Rashifal
Special
Tips
TSC
TU
नेपाल आयल निगम
लोकसेवा

शिक्षक सेवा आयोग नमुना प्रश्न पत्र - सामाजिक अध्ययन - Teachers Service Commission

   


                                                 

तह ः निम्न माध्यमिक पूर्णाङ्क ः१००

विषय ः सामाजिक अध्ययन उत्तीर्णाङ्क ः ४०

समयः ३ घण्टा

सबै प्रश्न अनिवार्य र समान छन्।

खण्ड ‘क’

१.सामाजिक अध्ययनको उत्पति, निर्माणका आधार तथा नेपालमा सामाजिक अध्ययनको विकासक्रमलाई चित्रण

गर्नुहोस्? (२+२+६=१०)

२. तपाईले कक्षा ८ का विद्यार्थीहरुलाई नागरिक चेतना अन्तर्गत नेपालको निर्वाचन प्रणाली बारे शिक्षण गर्नुपर्नेछ ।

उक्त निर्वाचन प्रणाली शिक्षण गर्ने सन्दर्भमा विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनका लागि के

कस्तो कार्यसूची तयार गरी शिक्षण गर्नु हुन्छ? यसलाई शिक्षण गर्नका लागि एउटा पाठयोजना निर्माण गर्नुहोस्।

३. सामाजिक अध्ययन विषयको शिक्षण सिकाइमा स्थानीय स्तरमा पाइने शैक्षिक सामग्री र स्रोतहरूलाई प्रयोग गर्नु

पर्दछ । यसका अतिरिक्त यस विषयको शिक्षण सिकाइमा शैक्षिक भ्रमणको महत्व पनि बढ्दो छ । त्यसैले

विद्यार्थीहरूको सिकाइप्रतिको रुचिको विकास गर्नु पनि जरुरी छ । यस व्रmममा सामाजिक अध्ययनको भूगोल र

हावापानी पाठ अध्यापन गराउदा केकस्ता खालका स्थानीय शैक्षिक सामग्रीहरूको निर्माण र प्रयोग गरी

विद्यार्थीहरूको सिकाइ रुचीमा अभिवृद्धि गर्न सकिन्छ ? चर्चा गर्नुहोस्। साथै यस पाठमा विद्यार्थीहरूलाई कस्तो

खालको शैक्षिक भ्रमण कार्यव्रmम आयोजना गर्नु हुन्छ ? त्यसको योजना तयार पार्नुहोस्। (५+५=१०)

 खण्ड ‘ख’

४. एकातिर नेपाल प्राकृतिक र साँस्कृतिक सम्पदाले धनी देश भनेर गौरव गरिन्छ भने अर्कोतिर नेपालको पर्यटन

क्षेत्रमा निकै संकटमा परेको यर्थाथ छर्लङ्ग छ । यस्तो विरोधाभाषपूर्ण स्थितिको सिर्जना किन र कसरी भएको होला ?

यस्तो स्थितिलाई अन्त्य गरेर पर्यटन क्षेत्रको विकास के कसरी गर्न सकिन्छ ? लेख्नुहोस्। (५+ं५=१०)

५. सामाजिक अध्ययन विषयसँग सम्बन्धित शैक्षिक क्रियाकलापमा अन्तरक्रिया र सूचना तथा सञ्चार प्रविधिको

प्रयोग कसरी गर्नुहुन्छ ? यस प्रयोगको दौरानमा आउने व्यवहारिक जटिलतालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

(६+ं४=१०)

६. सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरुले विद्यार्थीहरुको शैक्षिक उपलब्धीहरुको मूल्याङ्कन गर्नुपर्ने

हुन्छ । सामाजिक अध्ययन शिक्षकको हैसियतले तपाईले निम्न माध्यमिक तहका विद्यार्थीहरुका लागि लिखित परीक्षाको

अतिरिक्त अन्य कस्ता कस्ता परीक्षाका साधनहरुको प्रयोग गर्नुहुन्छ उल्लेख गर्नुहोस् । साथै सामाजिक अध्ययनको

पाठ्यक्रमबाट लिखित परीक्षामा सोधिने विभिन्न तहको प्रश्न निर्माण का लागि वशिष्टीकरण तालिकाको परिचय दिई

उत्तरकुञ्जीकाको महत्व उल्लेख गर्नुहोस । ं(५+२.५+२.५=१०)

द्रष्टव्यस् पाठ्यक्रमको खण्ड क बाट पूराङ्क ५० का ५ प्रश्न र खण्ड ख बाट पूराङ्क ५० का ५ प्रश्न गरी

१०० पूराङ्कको परीक्षाका लागि यस्तैप्रकृततका प्रश्नहरू तिइनेछ ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search