चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर..........
नेपाल र भारतबीच चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शनिबार नेपाल र भारतबीच भएका चारवटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदान सम्बन्धी सम्झौता रहेका छन् ।
भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
No comments:
Post a Comment
Please dont forget to leave the comment