कास्कीबाट पशु सम्बन्धी कसुर गरेको अभियोगमा एकजना पक्राउ
कास्कीका एक युवा पशु सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका छन् ।
प्रहरीले पोखरा-१९ निवासी २३ वर्षीय सुदिप परियारलाई पशु सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ गरेको हो ।
निजले प्लास्टिकको डोरी कुकुरको घाँटीमा पासो लगाई रुखमा झुण्डाई मारी सेती नदीको खोँचमा फालेको पत्ता लगाए पछी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले उक्त घटनाको भिडियो बनाएर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थाहा पाए पछी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसूरमा दिन नौ (९) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ
No comments:
Post a Comment
Please dont forget to leave the comment