एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या निम्तिन सक्ने - Health
धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र सहरी भेगको प्रतिनिधित्व गर्ने गरी२ वटा वडालाई समेटी ७ महिना लगाएर मानिस र पशुपक्षीमा गरेको अनुसन्धानमा यस्तो समस्या देखिएको हो।
एन्टिबायोटिकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अत्यधिक प्रयोगका कारण मानिसको शरीरमा ३ प्रकारका एन्टिबायोटिकले कामै नगर्ने अवस्था सिर्जना भएको बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
धुलिखेल अस्पतालका प्राडा सोनी शाक्यको नेतृत्वमा भएको अध्ययनमा धुलिखेल नगरपालिकाका वडा नं २ र वडा नं ६ का ४ सय ५४ जना १८ वर्षमाथिका स्वस्थ मानिस र १ सय ७० वटा स्वस्थ कुखुरा समावेश गरिएको खबर आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
No comments:
Post a Comment
Please dont forget to leave the comment