[Latest News][6]

Akhabar
Article
Education
Health
Job Vacancy
Jyotish
lokasewa
Loksewa
news
Rashifal
Special
Tips
TSC
TU
नेपाल आयल निगम
लोकसेवा

गाउँपालिकाका अध्यक्ष कहिले यता फुत्त कहिले उता फुत्त, स्वार्थी राजनितिक बाटोको खोजी - Lal khabar


केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुन: माओवादीमै फर्किएका छन् । समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि उनी नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटीको सदस्य थिए ।

माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एकमात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिमा हुर्किए पनि द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सक्रिय थिए ।

पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर डल्लाकोटी अध्यक्षमा विजयी भएका थिए ।-सरिता श्रेष्ठ/इकान्तिपुर

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search