पोखरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ - Pokhara
पोखरा महानगरपालिका वडा नं. ६ खहरेमा एक मोटरसाइकल अनियंत्रित भइ पल्टिँदा एक जनाको ज्यान गएको छ ।
बागमती प्रदेश ०२ ०२९ प ०९३७ नं. को मोटरसाइकल बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का २० वर्षीय किशोर कठायतको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका किशोरको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।
No comments:
Post a Comment
Please dont forget to leave the comment