तनहुँमा मोटरसाइकलले ठक्कर दिएका कार्कीको मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गयो- Tanahu
मोटरसाइकलको ठक्करबाट तनहुँमा एक जनाको ज्यान गएको छ ।
तनहुँको व्यास नगरपालिका को देउराली भन्ने स्थानमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा सोहि स्थान बस्ने ६२ वर्षीय पुरुषको ज्यान गएको हो ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु ७० प १७१९ नम्बरको मोटरसाइकलले ६२ वर्षीय नन्दगोपाल कार्कीलाइ ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका कार्कीलाइ उपचारका लागि मणीपाल शिक्षण अस्पताल पुर्याइएपनि उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
No comments:
Post a Comment
Please dont forget to leave the comment