मलेसियामा काम गर्ने श्रमिकको तलब बढ्यो, कति पुग्यो ? - Update


मलेसियामा  काम  गर्ने  आप्रवासी  श्रमिकको  आधारभूत तलब (बेसिक स्यालरी) एक हजार पाँच सय रिङ्गिट तोकेको छ ।

योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब एक हजार दुई सय रिङ्गिट थियो ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक  दिवसका  दिनदेखि  लागू  हुने  गरी  आप्रवासी  कामदारको आधारभूत तलब बढाएको हो ।

योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणका लागि कागजात पेस गर्दा पनि आधारभूत तलब एक हजार पाँच सय रिङ्गिट नै तोकेर पेस गर्न एक सूचनामार्फत वैदेशिक  रोजगार  व्यवसायी  (म्यानपावर)  कम्पनीलाई  आग्रह गरेको छ ।

प्रमाणीकरणका लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रका सम्बन्धमा नयाँ तलब उल्लेख गरी पुनः पेस गर्न दूतावासले म्यानपावर कम्पनीलाई आग्रह गरेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search